१० भदौ २०८३, बुधबार | August 27, 2026

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा



काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा धारणा बनाउन नेकपा एमालेका नेताहरु पार्टी मुख्यालयमा जुटिरहैबेला एमाले कार्यकर्ताहरु भने पक्राउका विरोधमा सडमा उत्रिएका छन् । एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक चरिहेका बेला कार्यकर्ताहरु सरकारका विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा एमाले कार्यकर्ताहरुको प्रदर्शन सुरू भएको छ । एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा सडक प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।।

अध्यक्ष ओली पक्राउ सम्बन्धमा सचिवालय बैठकले पार्टीको धारणा स्पष्ट गर्दै संघर्षका कार्यक्रम तय गर्ने एमाले सचिव महेश बस्नेतले बताएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : ३९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट