२६ असार २०८३, शुक्रबार | July 10, 2026

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

सर्वोच्च अदालतको बहालवाला न्यायाधिशको अध्यक्षतामा छानबिन हुनुपर्ने



काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारी विरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने बताएका छन् । अध्यक्ष ओली र कांग्रेस नेता लेखकको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै त्यसविरुद्ध प्रतिवाद गर्ने एमाले सचिवालय बैठकले निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए

बैठकका निर्णय सुनाउँदै महासचिव पोखरेलले ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रह भएको बताए । उनले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई बिहान सूर्योदय अगावै प्रतिशोधपूर्ण,पूर्वाग्रही र गैरकानुनी ढंगले गिरफ्तारी गरिएको भन्दै गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गरे ।

पोखरलेले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाको छानविन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति एमालेको शुरूदेखि नै असहमति रहेको स्मरण गरे । उनले छानविनका लागि अर्को आयोग गठन हुनुपर्ने पनि बताए।उनले उक्त घटनाको छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधिशको अध्यक्षतामा छानविन आयोग गर्न माग गरे ।

पोखरेलका अनुसार आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग समेत गरेको छ। बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १२ : ३३ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा