१४ चैत्र २०८२, शनिबार | March 28, 2026

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त



काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले) निकट विभिन्न भातृ संगठनहरूले माइतीघर क्षेत्रमा प्रदर्शन शुरू गरेका छन्। २३ वटा भातृ संगठनहरूले गरेको संयुक्त प्रदर्शनले त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

अध्यक्ष पक्राउ विरुद्ध सडकमा उत्रेका एमाले कार्यकर्ताहरुले सरकार र गृहमन्त्री विरुद्ध उग्र नारा लगाइरहेका छन् । प्रहरीको अवरोधका बावजुद प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजिरहेका छन्। सो क्षेत्रमा प्रहरीको ठुरो संख्यामा तैनाथी बढाइएको छ ।

माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जुलुस बबरमहल पुगेपछि कार्यकर्ताहरूले सडकमै टायर बालेर यातायात अवरुद्ध पारेका छन्। सरकारविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरूले आफ्ना अध्यक्षलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्।

एमाले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ४ : ०४ बजे

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर