१० भदौ २०८३, बुधबार | August 27, 2026

भृकृटीमण्डपमा जनसभाअघि काठमाडौंमा एमालेको शक्तिप्रदर्शन



काठमाडौं । नेकपा एमालेले जनपरिचालन अभियानअन्तर्गत आज राजधानीमा जनसभा गर्न लागेको छ ।

वाग्मती प्रदेश कमिटीको आयोजनामा भृकुटीमण्डपमा हुने जनसभा सुरु गर्नुअघि एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ । एमालेका नेता–कार्यकर्ता, जनसंगठन तथा सम्पर्क समन्वय समितिका नेताकार्यकर्ताहरु सहभागी र्‍यालीहरू विभिन्न स्थानबाट नारा जुलुस लगाउँदै प्रदर्शनी मार्गमा भेला हुन थालेका छन् ।

जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शुक्रबार भएको नेशनल भोलेन्टियर्सको घोषणा कार्यक्रममा एमाले नेताहरुले आजको जनसभामा ६० हजार भन्दा बढी मास उतार्ने दाबी गरेका थिए । विभिन्न स्थानबाट निस्किएको जुलुसका कारण काठमाडौंको मध्यभागको ट्राफिक अस्तव्यस्त भएको छ ।

प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन विरुद्ध एमालेले कात्तिक २२ गतेदेखि वडा–वडाबाट जनसम्पर्क तथा परिचालन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : ३१ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट