७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सर्वोच्चको फैसला विरुद्ध बुटवलमा एमालेका युवाद्वारा प्रदर्शन



बुटवल । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिने सर्वोच्च अदालतको फैसला विरुद्ध एमालेका युवाले बुटवलमा प्रदर्शन गरेका छन् ।

एमालेको युवा संगठन युवा संघका कार्यकर्ताहरुले सर्वोच्चको फैसला विरुद्ध सडकमा प्रर्दशन गरेका हुन् ।

काठमाडौंमा एमाले युवा नेता महेश बस्नेतले फैसला विरुद्ध देशभर प्रदर्शनका लागि आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेलगत्तै बुटवलमा पनि उनी समर्थक युवा प्रदर्शनमा उत्रिएका हुन् ।

बुटवलको राजमार्ग चौराहमा भेलाभएका प्रदर्शनकारी युवाले ‘गैर संवैधानिक परमादेश खारेज गर’ भन्दै नारावाजी गरेका छन् ।

प्रहरीले फैसलाको विरुद्ध र समर्थनमा प्रदर्शन हुनसक्ने आंकलन गर्दै बिहानैदेखि सुरक्षा अवस्था कडा बनाएको थियो । प्रदर्शनका क्रममा राजमार्ग चौराह क्षेत्र लगायत बुटवलका विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ ।

एमालेका युवाले काठमाडौंका विभिन्न स्थानमा गरेको प्रदर्शनमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ०९ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने