१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला जलाए



काठमाडौं । नेपालमा पहिलो पटक सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पुत्ला जलेको छ । यस अघि सर्वोच्चबाट आएको फैसलाको विरोध जनाईएपनि पुत्ला नजलाईएकोमा एमालेको ओली समर्थक कार्यकर्ताहरुले राजधानी काठमाडौंमा प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर जबराको पुत्ला जलाएका छन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिए लगत्तै सडमा उत्रिएका ओली समर्थक कार्यकर्ताहरुले प्रधान न्यायाधिशको पुत्ला दहन गरेका हुन् । फैसला आए लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले मुख्यालयमा अदालतको फैसला स्विकार गर्ने अभिव्यक्ति दिँदै गर्दा नेता बस्नेत भने अदालतको आदेश मान्दैनौ भन्ने ब्यान बोकेको जुलुसको नेतृत्व गर्दै माइतिघर मण्डेला पुगेका थिए । उनले माइतीघर मण्डलामा उभिएर सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको भन्दै अदालतको भत्र्सना समेत गर्दै थिए । आदेश आएलगत्तै सर्वोच्च नजिकै एमाले कार्यकर्ताले जबराको पुत्ला जलाउने प्रयास गरेपनि प्रहरीले रोको थियो ।

साँझ बानेश्वरमा भेला भएका कार्यकर्ताले भने जबराको पुत्ला जलाएका हुन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ३८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर