१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै, म्याद थपको तयारी



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शनिबार बिहान पक्राउ परेका दुवै नेतालाई म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको हो ।

गत भदौमा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले दोषी ठहर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । बालेन्द्र शाह नेतृत्वको सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै पक्राउ प्रक्रिया अघि बढाइएको थियो ।

प्रहरीका अनुसार शनिबार बिहान जरुरी पक्राउ पुर्जी देखाएपछि ओली आफ्नै गाडीमा प्रहरी परिसर पुगेका थिए । उनले आफ्नो पक्राउलाई राज्यको प्रतिशोध भएको टिप्पणी गरेका छन् ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार ओलीलाई चिकित्सकको सल्लाहअनुसार त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने लेखकलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिताअन्तर्गत ज्यानसम्बन्धी कसुर (लापरबाही तथा हेलचेक्य्राइँ गरी ज्यान मारेको) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ ले सामाजिक सञ्जालमार्फत उक्त पक्राउ प्रतिशोध नभई न्यायको सुरुवात भएको दाबी गरेका छन् । उनले कानुनभन्दा माथि कोही नभएको उल्लेख गर्दै जेनजी आन्दोलनका पीडितलाई न्याय दिलाइने बताएका छन् ।

यता एमालेले भने आफ्ना अध्यक्षको पक्राउलाई ‘नियोजित र निर्देशित’ भन्दै तत्काल रिहाइको माग गर्दै विरोध जनाइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ७ : २५ बजे

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको