१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक अज्ञात महिलाको जलेको अवस्थामा शव फेला परेको छ ।

घटनास्थलको अवस्थाका आधारमा महिलालाई जिउँदै आगो लगाइएको स्थानीयबासीले आशंका गरेका छन् । नेपालगन्ज –१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब १२ बजेको समयमा करिब २५–३० वर्षीया युवती आगोले जलेर अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए । जलेको अवस्थामा फेला परेकी युवतीलाई उद्धार गरेर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि उनको मृत्युको कारण नखुलेको र मृतकको सनाखत पनि हुन सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ११ : ५७ बजे

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा