१५ चैत्र २०८२, आइतबार | March 29, 2026

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी



काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि उक्त भवन भत्काउने प्रक्रिया तत्कालका लागि स्थगित गरिएको हो।

देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा मुद्दा चलाउने तयारी भइरहेका कारण अनुसन्धानमा आवश्यक प्रमाण सुरक्षित राख्न प्रशासनले भवन भत्काउन रोक लगाएको जनाएको छ। प्रमाण नष्ट हुनसक्ने आशंकालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताइएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको हिंसात्मक घटनामा देउवाको निवासमा आगजनी भएको थियो। उक्त घटनापछि घरभित्र ठूलो परिमाणमा नगद नोट भेटिएको दाबी गरिएको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

सरकारी निकायहरूले उक्त घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइरहेका छन्।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १२ : ०५ बजे

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा