१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति



काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न मागिएको अनुमतिलाई अस्वीकार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउ गर्नका लागि अनुमति माग गर्दै मिसिल पेस गरेकोमा काठमाडौँ जिल्ला अदालतबाट मिसिल प्रहरीलाई नै फकाइदिएको हो ।

बस्नेत विरुद्ध पक्राउ गर्ने अनुमति प्राप्त नभएको प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले बताए ।

धादिङ घर भइ भक्तपुर बस्दै आएकी शोभा पाठकले जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा तामेलीमा राखिएको जाहेरीलाई पक्राउ अनुमति माग गर्दै प्रहरीले अदालतमा पुनः मिसिल पेस गरेको थियो ।

न्यायाधीश ध्रुव कार्कीको बेन्चमा मिसिल पेस हुँदा अनुमति नदिइएको बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : ०२ बजे

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा