१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत



काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरेर अनुशासन उल्लंघन गरेको भन्दै देउवा-शेखर कोइराला समुहका नेताहरुलाई सचेत गराएको छ । पार्टीको अनुशासन समितिमार्फत कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको हो ।

मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएको ठहर गरेको छ । पहिलो पटक सचेत मात्र गराइएको र अब पनि यस्ता कार्य भए विधान अनुसार कारबाही हुने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

‘विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) प्रचलित नेपाल कानुन बमोजिम कारबाही अघि बढाइने निर्णय गरिन्छ ।’

कांग्रेसको शेरबहादुर देउवा–शेखर कोइराला समूहले समानान्तर गतिविधि अघि बढाउँदै १४ औं माहाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक आह्वान गरेका थिए । निवर्तमान कार्यवाहक सभापतिले कार्यबाहक सभापतिकै हैसियतले बैठक आह्वान गरेपछि कांग्रेस भित्र तरङ्ग पैदा भएको थियो । बैठक भनेर आह्वान गरेपनि शेखर कोइरलाको दवावमा पछि बैठकलाई अनौपचारीक भेला भनिएको छ । सो समूहको हिजो देखि काठमाडौंमा आयोजना गरिएको भेला आजपनि जारी छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : १७ बजे

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले