१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न प्रहरीले अनुसन्धान टोली गठन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको हो । समितिको सदस्यमा प्रहरी निरीक्षक केशव केसी, वरिष्ठ नायव निरीक्षक रमेश बजगाँई तथा १ जना सहायक हवल्दार र प्रहरी जवान रहेका छन् ।

अनुसन्धानलाई वस्तुनिष्ठ र निष्पक्ष बनाउन टोलीले सघाउ पु¥याउने प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए । उनका अनुसार सो टोलीले प्रमाण र तथ्य सङ्कलन गरेर १० दिनसम्मको अवधिमा प्रतिवेदन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीलाई बुझाउने छ ।

“एउटा अनुसन्धान अधिकृतले मात्रै नभ्याउने अवस्था हुन सक्छ त्यसैले समूह नै काम गर्दा परिणाममुखी अनुसन्धान हुन सक्छ,” प्रहरी नायब उपरीक्षक पातलीले भने । सो अनुसन्धान टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षकलगायत छन् ।

प्रहरीले शनिबार राति नेपालगन्ज नर्सिङ होमपछाडि जलेको अवस्थामा बुढामगरलाई सडकमा फेला पारेको थियो । जलेर गम्भीर घाइते उनलाई उपचारका लागि भेरी अस्पताल लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

सिर्जना लामो समयदेखि मोहम्मद आरिफ ढपालीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ढपालीसहित उनकी आमा र दिदीलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ । ढपालीलाई भारतको बहराइच र अन्यलाई नेपालगन्जबाट पक्राउ गरिएको हो । यस घटनामा पीडित पक्षले दिएको किटानी जाहेरीमा उल्लेख भएका पाँचमध्ये अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ९ : २२ बजे

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल