१६ भदौ २०८३, मंगलबार | September 2, 2026

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार देखाएर यात्रु लुट्ने समूह लुटपात गरेको २ दिन नपुग्दै प्रहरीको फन्दामा परेको छ । नेपालगन्ज ४ बसपार्कमा यात्रुहरूलाई हातहतियार देखाएर डाँका चोरी घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार नेपालगन्जबाट काठमाडौँ जाने रात्रीबसमा सवार चार जना यात्रुमाथि ६र७ जनाको हतियारधारी समूहले कुटपिट गर्दै नगद तथा जिन्सी सामान लुटपाट गरेको थियो । उक्त समूहले पीडितहरूबाट नगद ५९ हजार रुपैयाँ र मोबाइल तथा अन्य सामान जबरजस्ती खोसेर फरार भएका थिए ।

घटनाबारे जानकारी प्राप्त खोजतलास तीव्र पारेको प्रहरीले बुधबार घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरी समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–१९ का २४ वर्षीय रामु परियार, वडा नम्बर ४ का २८ वर्षीय सुवास बिष्ट, २६ वर्षीय संजय क्षेत्री तथा कोहलपुर नगरपालिका–५ का १९ वर्षीय सन्दीप जंग क्षेत्री रहेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ११ : ०७ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि