५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार देखाएर यात्रु लुट्ने समूह लुटपात गरेको २ दिन नपुग्दै प्रहरीको फन्दामा परेको छ । नेपालगन्ज ४ बसपार्कमा यात्रुहरूलाई हातहतियार देखाएर डाँका चोरी घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार नेपालगन्जबाट काठमाडौँ जाने रात्रीबसमा सवार चार जना यात्रुमाथि ६र७ जनाको हतियारधारी समूहले कुटपिट गर्दै नगद तथा जिन्सी सामान लुटपाट गरेको थियो । उक्त समूहले पीडितहरूबाट नगद ५९ हजार रुपैयाँ र मोबाइल तथा अन्य सामान जबरजस्ती खोसेर फरार भएका थिए ।

घटनाबारे जानकारी प्राप्त खोजतलास तीव्र पारेको प्रहरीले बुधबार घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरी समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–१९ का २४ वर्षीय रामु परियार, वडा नम्बर ४ का २८ वर्षीय सुवास बिष्ट, २६ वर्षीय संजय क्षेत्री तथा कोहलपुर नगरपालिका–५ का १९ वर्षीय सन्दीप जंग क्षेत्री रहेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ११ : ०७ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे