१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी



काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको माग गर्दै आएका यातायात व्यवसायीहरूले पुनः भाडा समायोजनको माग गरेका छन् । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार पुनः एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेअनुसार भाडा समायोजन गर्न माग गरेको हो ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन भइसक्ने तर सार्वजनिक यातायातको हकमा सरकार मौन रहनु विभेदकारी भएको उल्लेख छ। यसअघि हरेक पटक मूलयबुद्धि हुँदा समायोजनको माग गर्दै महासंघले विज्ञप्ति मार्फत माग गर्दै आएपनि सरकार मौन बस्दै आएको छ ।

यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहक तर्फ ११.३३ प्रतिशत, पहाडी मालवाहक तर्फ १४.२९ प्रतिशत र तराई मालवाहक तर्फ ८.८१ प्रतिशत भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरे पनि हालसम्म मन्त्रालयले सिफारिस कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीहरूले हालको मूल्यवृद्धिका कारण दैनिक लाखौँ रुपैयाँ घाटामा सेवा सञ्चालन गर्नुपरेको बताएका छन्। महासंघले संघीय तथा सातै प्रदेश सरकारलाई वैज्ञानिक विधिअनुसार यथाशीघ्र भाडा समायोजन गर्न माग गर्दै आएको छ । यिपटक पनि माग पूरा नभए व्यवसायीहरूले आफैँ भाडा तोकेर असुल गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।

विज्ञप्तिमा घाटामा व्यवसायीले सेवा सञ्चालन गर्न नसकिने उल्लेख गर्दै सेवा बन्द गर्नु पर्ने वा वैज्ञानिक विधिलाई आधार मानी भाडा स्वघोषणा गरी सञ्चालन गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ४१ बजे

नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण

आज मुस्लिम समुदायले इद-उल-अजाहा पर्व मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इद-उल-अजाहा)