काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको क्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतको यसअघिको आदेशअनुसार विपक्षीहरुले लिखित जवाफ पेश गरिसकेका कारण आज सुनुवाइ हुन लागेको हो । गत आइतबार सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
बालेन्द्र सरकार गठन भएको भोलिपल्टै गत चैत १४ गते बिहानै प्रहरीले दुवै नेतालाई जरुरी पक्राउ पूर्जी थमाएर गिरफ्तार गरेको थियो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा सरकारले उनीहरुलाई गिरफ्तार गरेको हो ।
े
सो पक्राउ गैरकानूनी भएको दाबी गर्दै ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदा लेखकले चैत १५ गते बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।
ओली हाल त्रिवि शिक्षण अस्पतालमा प्रहरी सुरक्षा घेराभित्र उपचार गराइरहेका छन् भने लेखकलाई दुई नम्वर गण महाराजगन्जमा राखिएको छ ।


















प्रतिक्रिया