२२ चैत्र २०८२, आइतबार | April 5, 2026

सभामुख अर्यालको शपथ आजै हुने



काठमाडौं । नवनिर्वाचित सभामुख डोल प्रसाद (डीपी) अर्यालले आजै शपथ ग्रहण गर्ने भएका छन् । उनको आज दिउँसो साढे २ बजे शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने छन् । उनले आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरे ।

अबदेखि अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् । प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ५९ बजे

सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ)लाई

सभामुखले सम्हाले कार्यभार, निस्पक्ष र तटस्थ भएर काम गर्ने प्रतिवद्धता

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद्

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल थुनामुक्त, सुलभमाथि अनुसन्धान जारी

काठमाडौं । शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । सम्पत्ति शुद्धीकरण

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता,