२२ चैत्र २०८२, आइतबार | April 5, 2026

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत आइतबार १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । राजमार्ग चौराहा, दिपनगर र सुख्खानगर क्षेत्रलाई केन्द्रित गरी सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न नियम उल्लङ्घन गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार विशेषगरी चर्को आवाज निकाल्ने, सवारीको स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो ।

प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बजार क्षेत्रमा बढ्दो ध्वनि प्रदूषण र लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएको बताए । उनले करिब दुई घण्टाको अवधिमै उल्लेखनीय संख्यामा मोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिँदै सम्बन्धित धनीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे ।

प्रहरीले यसअघि पनि बुटवल क्षेत्रमा यस्ता सवारीमाथि निगरानी तथा कारबाही अभियान सञ्चालन गर्दै आएको थियो । केही समय शान्त रहेको अवस्था पछिल्लो समय पुनः बिग्रन थालेपछि ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानलाई अझ प्रभावकारी बनाउँदै अन्य क्षेत्रमा समेत विस्तार गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ९ : ४९ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको