२२ चैत्र २०८२, आइतबार | April 5, 2026

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका



नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा साताको २ दिन बिदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले पनि बैंक तथा बित्तिय संस्थाहरुका लागि नयाँ समय तालिका सार्वजनिक गरेको छ । सरकारको निर्णय सार्वजनिक भएसँगै राष्ट्र बैंकका गभर्नरको निर्णय बमोजिम बैंक तथा बित्तिय संस्थाहरुका लागि नयाँ समय तालिका निर्धारण भएको हो ।

राष्ट्र बैंकले आज साँझ सूचना जारी गर्दै भोलिदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतवार सार्वजनिक बिदा हुने जनाएको छ । सूचनामा बैंकहरुको कार्यालय समय सोमबारदेखि शुक्रवारसम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म कायम गर्ने तथा कार्तिक १६ देखि माघ १५ गतेसम्मको कार्यालय समय विहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म कायम गर्ने उल्लेख छ ।

त्यसैगरि राष्ट्र बैंकको सूचनामा बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः००जेसम्म तथा कार्तिक १६ देखि माघ १५ गतेसम्मको बैंकिङ कारोबार समय विहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म कायम हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ०४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको