६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी



काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

आइतबार विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा भएको बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो । हिजो ओली र लेखकका तर्फबाट कानुन व्यवसायीहरूले बहस प्रस्तुत गरेका थिए ।

गत भदौमा भएको जेनजी आन्दोलन सम्बन्धी घटनाबारे गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो । सोही क्रममा प्रहरीले चैत १४ गते ओली र लेखकमाथि नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि ज्यानसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउविरुद्ध राधिका शाक्य र यशोधा थापाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।

यसैबीच, काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ८ : २० बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको