८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री



नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । दिवसको अवसरमा गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रमका बीच बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङ र फाउन्डेसनका सहनिर्देशक डा. तृप्ती पाल रमणले संयुक्तरुपमा बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित बाल सुधार गृहलाई खेलकुद सामाग्री हस्तान्तरण गरे । सुधार गृहका बालकहरुका लागि लक्षित गर्दै खेल सामाग्री उपलब्ध गराइएको पाउन्डेसनले जनाएको छ । बाल सुधार गृहका प्रमुख किशोर शर्माले खेलकुद सामग्री ग्रहण गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले कानुनी विवादमा परेका बालकहरूको आवश्यकतालाई ध्यानमा राखेर खेलकुद सामग्रीहरु उपलब्ध गराएकोमा फाउन्डेसन परिवारलाई धन्यवाद दिए ।

वरिष्ठ पत्रकार तथा समाजसेवी पूर्णलाल चुकेले फाउन्डेसनले स्थापना कालदेखि बिना बाह्य सहयोग शिक्षा, स्वास्थ्य, नियमित रक्तदान जस्ता मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । उनले बाल सुधार गृहको माग र बालकहरुको रुची अनुसारका खेल सामग्रीहरु उपलब्ध गराइएकोमा पाउन्डेसनको सराहना गरे ।

जयन्दू बाल सुधार गृहका कार्यालय प्रमुख किशोर शर्माको अध्यक्षता तथा इन्सेकका प्रदेश प्रमुख भोला महतद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा जग्गादाता दानवीर जयकेश सिंह, गोपाल नीना फाउन्डेशन नेपालका कार्यालय प्रमुख दिलीप सिंह लगायत बाल गृहमा आश्रित २०२ जना कानुनी विवादमा परेका बालकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ११ : ०१ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष