२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?



काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

यसअघि आइतबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । लगातार बैठक बस्नुलाई सरकारले महत्वपूर्ण विषयमा निर्णय लिन खोजेको संकेतका रूपमा हेरिएको छ ।

बैठकअघि सुधन गुरुङको काभ्रेको रोशी खोला क्षेत्रको निरीक्षण कार्यक्रम तय रहेको छ । गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएपछि मात्रै उनी स्थलगत अध्ययनका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

वर्षायाममा हुने सम्भावित बाढी तथा स्थानीय समस्याबारे अध्ययन गर्न जानुअघि बस्न लागेको मन्त्रिपरिषद्को बैठकमा यीसहित अन्य समसामयिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १० : ५१ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७