२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज मिलाएर सेवा दिइरहेका विशेषज्ञ चिकित्सकहरुको काज फिर्ता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउन सुरु गरेसँगै भेरीमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा कार्यरत ६ जना विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गरीएको हो ।

काज फिर्ता गरिएका विशेषज्ञ चिकित्सकहरूमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. वसन्त रेग्मी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. सुजन ढकाल, वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. रविन्द्र बास्कोटा, कन्सल्टेन्ट पेडियाट्रिसियन डा. प्रकाश पुन, कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सविता विश्वकर्मा, कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन डा. निरज भट्टराई र वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेन्द्र बस्नेत रहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए ।

भेरीमा दरबन्दी रहेका डा. रेग्मी यसअघि लुम्बिनी प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, डा. ढकाल कोशी प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डा.बास्कोटा स्वास्थ्य सेवा विभाग काठमाडौँ, डा. पुन लुम्बिनी प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डा. विश्वकर्मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा, डा. भट्टराई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डा. सुरेन्द्र बस्नेत सुदूरपश्चिम प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा रहेर सेवा दिइरहेका थिए ।

वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. बस्नेत भने मन्त्रालयको निर्णय आउनुअघि नै साविक दरबन्दी रहेको भेरी अस्पतालमा फर्किसकेका थिए ।

मन्त्रालयले विभिन्न प्रदेश तथा निकायमा काजमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मूल दरबन्दीमा फर्काउने नीति अनुसार अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको काज फिर्ता गर्दै आएको छ ।

मन्त्रालयको निर्णय कार्यान्वयनमा आएसँगै भेरी अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी हुने भेरी अस्पताल प्रमुख डा. सुवेदीले अपेक्षा गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : २६ बजे

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी