२० भदौ २०८३, शनिबार | September 5, 2026

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस



काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वादी नेपाल सरकार र प्रतिवादी काठमाडौँको तार्केश्वर नगरपालिका–५ घर भई सोही ठाउँ बस्ने ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक–४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार तामाङ काठमाडौँ जिल्ला अदालतबाट गत जेठ २७ र माघ ४ को आदेशले ९५ लाख बैङ्किङ कसुर ठहर भएका व्यक्ति हुन् । अदालतले उनीबाट थप रु चार लाख ७५ हजार जरिवाना तथा १९ हजार क्षतिपूर्ति र ४ महिना ५ दिन कैद हुने फैसला गरेको थियो ।

त्यसपछि फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा काठमाडौँको तार्केश्वर–५ बाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको पनि भट्टले बताए ।

यस्तै, आजै सात लाख ५० हजार बैङ्किङ कसुरका दोषी ठहर भई फरार रहेकी भक्तपुर सूर्यविनायक नगरपालिका–४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पनि पक्राउ गरिएको छ ।

गत माघ ४ को फैसलाले उनलाई सात लाख ५० हजार बैङ्किङ कसुर गरेकाले ३७ हजार ५०० समेत जरिवाना, एक हजार ५०० क्षतिपूर्ति र दुई दिन कैद तोकिएकी उनी पनि फरार रहेकी थिइन् । उनलाई खोजतलासका क्रममा आजै बालकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ९ : ५० बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका