२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान



बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल २०२६/२७ का लागि दिनेश कुमार प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

बुटवलमा आयोजित कार्यसमिति निर्वाचन तथा भेटघाट कार्यक्रममार्फत १७ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष प्रधानले सचिवमा रामप्रसाद गैरे (विष्णु) र कोषाध्यक्षमा रिसव ओझालाई मनोनित गरेका छन् ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी अन्तर्गत एरिया-४ मा पर्ने क्लबको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष श्याम प्रसाद देवकोटा र तृतीय उपाध्यक्ष आनन्द वझा चयन भएका छन् ।

त्यसैगरी सहसचिवमा ज्ञानेन्द्र कुमार श्रेष्ठ रहेका छन् भने निर्देशकहरूमा अनुसुधनलाल श्रेष्ठ, गोविन्द श्रेष्ठ, जीवन बाबु श्रेष्ठ, अनिल गंगोल, धर्मेन्द्र कसौधन, निरज लाकौल, सुमन श्रेष्ठ, विकास पालिखे र पवन कुमार श्रेष्ठ चयन भएका छन् । टेल ट्विस्टरमा प्रदीप शाक्य, टेमरमा अनिश कसौधन तथा मार्केटिङ तथा सञ्चार अधिकारीमा बासुदेव श्रेष्ठ चयन भएका छन् ।

निर्वाचन आयुक्तका रूपमा लायन महेश प्रसाद श्रेष्ठ, सचिव लायन उमेश अमात्य तथा अध्यक्ष प्रतीक पोख्रेलको भूमिकामा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले सामाजिक सेवा र सामुदायिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : २९ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री