२५ चैत्र २०८२, बुधबार | April 8, 2026

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ वटा मालवाहक सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीले ६ वटा टिप्पर र ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

सवारी धनीहरूले ढालाको स्वरूप परिवर्तन गरी कम परिमाणको सामग्री ढुवानी गर्ने तर ग्राहकबाट पूर्ण क्षमताको रकम असुल्ने गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

बुधबार सैनामैना र बुटवल क्षेत्रबाट ती सवारी साधन नियन्त्रणमा लिइएको हो । अनुसन्धानका क्रममा सामान्यतया ४५० घनफिट क्षमता भएका टिप्परहरूलाई परिमार्जन गरी करिब ४०० घनफिट मात्र ढुवानी गर्ने तर ग्राहकबाट पूर्ण क्षमताकै आधारमा भाडा असुल्ने गरेको खुलेको छ । त्यस्तै, ट्र्याक्टरहरूमा पनि यस्तै प्रकारको ठगी भइरहेको भेटिएको छ ।

एक टिप्पर व्यवसायीका अनुसार विशेषगरी क्रसर व्यवसायीहरूले गिट्टी तथा बालुवामा कम परिमाण उपलब्ध गराएर ग्राहक ठग्ने प्रवृत्ति देखिएको छ । प्रहरीको कारबाहीपछि पीडित सेवाग्राहीहरूले विभिन्न स्थानबाट गुनासो दिन थालेका छन् । प्रारम्भिक अनुसन्धानअनुसार यसरी प्रत्येक पटक ६/७ हजार रुपैयाँसम्म ठगी हुने गरेको पाइएको छ ।

यसअघि पनि प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान अन्तर्गत ठूलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ८ : ४९ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास