५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ



ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ । पाँचथर घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले धारिलो हतियार प्रहार गरेका हुन् । घटनापछि भाग्ने क्रममा प्रहरीले सञ्जीवसहित दुई जनालाई पक्राउ गरिसकेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको नम्बरमा सम्पर्क पुगेको थियो । एक-आपसमा अपरिचित उनीहरूबीच सुरुमा सामान्य कुराकानी भए पनि पछि सोही विषयलाई लिएर विवाद बढेको प्रहरीले जनाएको छ ।

फोनमै विवाद चर्किएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए । इमाडोलबाट पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ७ : ५२ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे