१३ भदौ २०८३, शनिबार | August 29, 2026

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ



काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो हिरोइन) र रु एक लाख ७२ हजार ७०० सहित एक जना युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

झापा अर्जुनधारा नगरपालिका–१० घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २७ वर्षीय रामचन्द्र पुरीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “बुढानिलकण्ठ–१० नगर अस्पताल एरियामा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा हाम्रो टोलीले अस्पताल नजिक रामचन्द्र पुरी बस्ने डेरा कोठाको खानतलासी गर्दा ५९.५ ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ र रु एक लाख ७२ हजार ७०० सहित पक्राउ गरिएको हो ।”

प्रहरीका अनुसार निजको साथबाट डिजिटल तराजु एक थान, डायरी एक थान तथा एक थान निलो रङ्गको आइफोन पनि बरामद गरिएको जनाएको छ । पक्राउ परेका निज पुरीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १० : ३८ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक