३० चैत्र २०८२, सोमबार | April 13, 2026

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला



काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेविरुद्ध कारबाही सुरु गरेको छ ।

परिषद्ले लामो समयदेखि बक्यौता बाँकी रहेका विभिन्न संरचनामा तालाबन्दी गरेको हो । भाडा बुझाउन पटक-पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि यस्तो कदम चालिएको परिषद्ले जनाएको छ ।

परिषद्का सदस्य सचिव सरोजकुमार शर्माका अनुसार रिपोर्टर्स क्लब नेपाल, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, फोटो पत्रकार महासंघ र अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको छ ।

उनका अनुसार हाल १० करोड रुपैयाँभन्दा बढी भाडा उठ्न बाँकी रहेको छ । परिषद्ले ताला लगाइएका संस्थाहरूलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ ।

सदस्य सचिव शर्माले अब भृकुटीमण्डप क्षेत्रभित्रका संरचनालाई व्यवस्थित बनाउने तयारी भइरहेको जानकारी दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको निर्देशनमा परिषद्ले भाडा असुलीमा कडाइ गरेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ०१ बजे

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो