२० भदौ २०८३, शनिबार | September 5, 2026

खजुरा गोल्डकप : एपिएफलाई तिन गोल गर्दै नाइजेरियन जोन क्लब सेमिफाइनलमा



खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

यसअघी गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, फोर ब्रदर्श एफसी नवलपरासी र जेविएम फूटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्ड कप फुटबल प्रतियोगितामा विहिबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै नाइजेरियन जोन क्लब ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

आजको खेलमा दुई गोल गरेका नाइजेरियन खेलाडी ताजुदिन अकिनसोला म्यान अफ द म्याच घोषित भए । उनलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले १० हजार रुपैयाँसहित पुरस्कृत गरे ।

न्यू डाँफे स्पोर्टस् क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । नकआउट आधारमा खेलाइएको प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्टस् क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ठ खेलाडीलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । गोल्डकपलाई एमटी एरिनाले टाईटल स्पोन्सर गरेको छ ।

विहिबार हुने पहिलो सेमि फाइनल खेल गोर्खा व्वायज स्पोर्टस् क्लब, बुटवल रुपन्देही र भारत लखनउको जे.बि.एम. फुटबल एकेडेमी बीच प्रतिस्पर्धा हुने आयोजक न्यू डाँफे क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १० : ०१ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी