२२ भदौ २०८३, सोमबार | September 7, 2026

अन्तरसरकारी वित्त परिषदको बैठकमा बुटवलका नगर प्रमुख पाण्डेयद्वारा समस्या समाधानका लागि ध्यानाकर्षण



बुटवल । बुटवल उपमहानगरपालिकाले अन्तर-सरकारी वित्त परिषद्को बैठकमा आफ्ना प्रमुख समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख खेलराज पाण्डेयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आह्वान गरेको बैठकमा १० बुँदे सुझावसहित विभिन्न विषय उठाएका हुन् ।

नगर प्रमुख पाण्डेयले कानुनी अस्पष्टताका कारण स्थानीय तहले बारम्बार समस्या भोग्नुपरेको उल्लेख गर्दै सहजीकरणका लागि आवश्यक पहल गर्न आग्रह गरे । उनले अव्यवस्थित जग्गा व्यवस्थापन, राजस्व बाँडफाँट, सामुदायिक वन, नापी तथा मालपोतसँग सम्बन्धित विषयहरूमा स्पष्ट नीति आवश्यक रहेको बताए ।

अव्यवस्थित जग्गाको नापजाँच गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने र त्यसबाट प्राप्त राजस्वको ४० प्रतिशत स्थानीय तह, ३० प्रतिशत प्रदेश सरकार र ३० प्रतिशत संघीय सरकारमा बाँडफाँट गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले राखेका छन् ।

त्यस्तै, सामुदायिक वन, नापी र मालपोत कार्यालयहरू पूर्वाधार सम्पन्न स्थानीय तहलाई क्रमशः हस्तान्तरण गर्नुपर्ने माग पनि उनले गरेका छन् ।

यसका साथै सार्वजनिक खरिद ऐनलाई पूर्ण रूपमा परिमार्जन गरी व्यवसायीमैत्री बनाउनु पर्ने र यससँग सम्बन्धित प्रक्रियामा सुधार गर्नुपर्ने सुझाव पनि उनले बैठकमा प्रस्तुत गरेका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ८ : ०० बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार