४ श्रावण २०८३, सोमबार | July 20, 2026

प्रदेश खेलकुद मन्त्री पाण्डेद्वारा क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जको निरीक्षण



नेपालगन्ज । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे तथा प्रदेश सभा सदस्य अम्बिका काफ्लेले साबिक मध्य–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेपालगन्जस्थित भौतिक संरचनाको संयुक्त रूपमा निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा खेलकुद पूर्वाधारको वर्तमान अवस्था, आवश्यक सुधार तथा दीर्घकालीन विकास योजनाबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री पाण्डेले प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि गुणस्तरीय संरचना निर्माण र प्रभावकारी व्यवस्थापन अत्यावश्यक रहेको बताए। मन्त्री पाण्डेले खेलमैदान, प्रशिक्षण स्थल, कबर्ड हल, स्वीमिङ पूल तथा अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्दै आवश्यक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए् ।

समितिका कार्यालय प्रमुख महेश चन्दले कर्मचारी समायोजन हुन नसक्दा खेलकुद क्षेत्रको बिकासमा अवरोध पुगेको धारणा राखे। खेलकुद क्षेत्रले अझसम्म पनि गणतन्त्रको प्रत्याभूती गर्न नपाएको भन्दै उनले पर्याप्त मात्रामा जनशक्ति नहुँदा खेलकुदको भौतिक पुर्वाधार संरक्षण गर्न कठिनाई भएको दुखेसो पोखे।

उक्त कार्यक्रममा प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठ, समितीका पुर्ब उपाध्यक्ष नरेन्द्र थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी (सोनु), जिल्ला खेलकुद बिकास समिती बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, क्रिकेट प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, प्रशिक्षक कृष्ण चौधरी लगायतको उपस्थिति रहेको थियो।

खुलकुद मन्त्रीको निरीक्षण तथा अनुगमनले प्रदेशस्तरमा खेलकुद पूर्वाधारको विकास, सुधार र प्रभावकारी सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ३ : ४७ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री