५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान



नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीका लागि कपडा धुने वाशिङ मेसिन सहयोग प्राप्त भएको छ। नेपालगन्ज निवासी स्वर्गीय राजेन्द्रप्रसाद सिंघलको सम्झनामा उक्त सहयोग प्रदान गरिएको हो।

बागेश्वरी ट्रेक्टर, कारकाँदोका संचालक स्व. सिंघलकी श्रीमती मीना सिंघल, छोरा सन्दिप सिंघल तथा नाती आदित्य सिंघलले संयुक्त रूपमा समितिका प्रमुख महेश चन्दलाई वाशिङ मेसिन हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै सन्दिप सिंघलले बुवाको स्मृतिमा समाज तथा खेलकुद क्षेत्रका लागि योगदान दिन पाउनु परिवारका लागि गर्वको विषय भएको बताए। उनले यस्ता सामाजिक कार्यले जिम्मेवारीबोध अझ बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि सकारात्मक कार्यहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समितिका प्रमुख महेश चन्दले खेल क्षेत्रप्रति माया गरेर गरिएको यस्तो सहयोगले खेलकुद गतिविधि थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सहयोगी परिवारप्रति आभार पनि प्रकट गरे ।

हस्तान्तरण कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी ‘सोनु’ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ०२ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे