नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवललाई ३–१ गोल अन्तरले हराउँदै जेविएम फूटबल एकेडेमी ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
खजुरा –४ डि गाउँस्थित मिनी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनलमा जेबिएमले गोर्खा ब्वाइज स्पोर्टस् क्लव बुटवललाई १ का विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । न्यू डाँफे स्पोर्टस क्लवको आयोजनामा खजुरामा जारी प्रतियोगितामा जेबिएनका जर्सी नम्बर ७ का निखिल तामाङले खेलको १२ औ मिनेटमा टिमको लागि पहिलो गोल गर्न सफल बने । यसैगरी जेबिएनकै ९ नम्बर जर्सिका सुरज भण्डारीले ४३ औ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । भने जर्सी नम्बर १२ का उमेश दर्लामीले ६० औ मिनेटमा तेस्रो गोल गरे । गोर्खाका जर्सी नम्बर १५ का सुजन थारुले सान्त्वना गोल गरेका थिए ।
दोस्रो हाफको सुरुमै कप्तान सुजन मगर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित जेबिएनले सम्हालिएर खेल्दै अग्रता जोगाउन सफल भयो । गोर्खाका जर्सी नम्बर २१ का उमेश थापा पनि खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए । जेबिएमका गोलरक्षक उमेश कुमार प्लेयर अफ द म्याच घोषित भए । गोलरक्षक उमेशले नगद १० हजार सहित ट्रफि, मेडल प्राप्त गरे ।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । नकआउट आधारमा खेलाइने प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।
दोस्रो सेमिफाइनल खेल शनिबार फोर ब्रदर्श एफसी र नाईजेरियन जोन क्लवबिच हुनेछ ।
प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
शुक्रबार सन्चालन भएको खेल हेर्न र खेलाडीलाई हौसला प्रदान गर्न चर्चित गायक बद्री पंगेनी खेल मैदानमा पुगेका थिए । गायक पंगेनीले अहिले चर्चामा रहेको झ्याप्पै आइन मगर्नि बोलको गित प्रस्तुत गरेका थिए । पंगेनीको गीतमा स्थानीयले नाँचेर साथ दिएका थिए ।


















प्रतिक्रिया