६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले पार्टीभित्रको एकता मजबुत बनाउन वर्तमान नेतृत्वले जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे निर्णय गरिसकेको अवस्थामा अब आन्तरिक विवाद अन्त्य गर्दै एकतावद्ध रूपमा अघि बढ्नुपर्नेमा नेताहरूले जोड दिएका छन्।

सर्वोच्चको फैसलापछि आगामी रणनीति तय गर्न विशेष महाधिवेशनमा सहभागी नभएका सदस्यहरूबीच छलफल केन्द्रित भएको थियो। उक्त छलफलमा पार्टीभित्रको एकता सुदृढ पार्न सानेपास्थित वर्तमान नेतृत्वले समन्वयकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा सहमति बनेको छ।

कांग्रेस नेता कुन्दनराज काफ्लेका अनुसार, बैठकले निरन्तर संवादमार्फत पार्टीलाई सुदृढ बनाउने र आगामी दिनमा आवश्यक निर्णयहरू लिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बैठकमा विगतका गतिविधिको समीक्षा, निर्वाचनमा भएको पराजयका कारण तथा संगठन सुदृढीकरणका विषयमा समेत व्यापक छलफल भएको उनले जानकारी दिए।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ३ : ५८ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको