१० भदौ २०८३, बुधबार | August 26, 2026

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले पार्टीभित्रको एकता मजबुत बनाउन वर्तमान नेतृत्वले जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे निर्णय गरिसकेको अवस्थामा अब आन्तरिक विवाद अन्त्य गर्दै एकतावद्ध रूपमा अघि बढ्नुपर्नेमा नेताहरूले जोड दिएका छन्।

सर्वोच्चको फैसलापछि आगामी रणनीति तय गर्न विशेष महाधिवेशनमा सहभागी नभएका सदस्यहरूबीच छलफल केन्द्रित भएको थियो। उक्त छलफलमा पार्टीभित्रको एकता सुदृढ पार्न सानेपास्थित वर्तमान नेतृत्वले समन्वयकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा सहमति बनेको छ।

कांग्रेस नेता कुन्दनराज काफ्लेका अनुसार, बैठकले निरन्तर संवादमार्फत पार्टीलाई सुदृढ बनाउने र आगामी दिनमा आवश्यक निर्णयहरू लिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बैठकमा विगतका गतिविधिको समीक्षा, निर्वाचनमा भएको पराजयका कारण तथा संगठन सुदृढीकरणका विषयमा समेत व्यापक छलफल भएको उनले जानकारी दिए।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ३ : ५८ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक