२१ भदौ २०८३, आइतबार | September 7, 2026

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत



काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकाल्दै सिरिज बराबरी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको हो ।

१२९ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित ८२ रन बनाए ।

कप्तान दीपेन्द्र सिंह ऐरीले २३ रन जोड्दा कुशल मल्लले १९ रन बनाए । राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्तोष यादव भने १ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र ६ रन खर्चिएर ३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिँदा नन्दन यादव र शाहब आलमले समान १-१ विकेट लिए ।

यूएईका अक्षदीप नाथले ५३ रन बनाउँदा मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रनको योगदान दिएका थिए ।
यसअघि पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा जित निकाल्दै नेपालले सिरिज १-१ को बराबरीमा ल्याएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : ४९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त