९ बैशाख २०८३, बुधबार | April 22, 2026

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पुनर्गठनका लागि संकल्प लिन आह्वान गरेका छन् । नेकपाको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आजको आवश्यकता भएको उल्लेख गरेका छन् । “समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ,” उनले भनेका छन् ।

उनका अनुसार कम्युनिस्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायको अधिकार तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्ने इतिहासले प्रमाणित गरेको छ ।

शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा विकासका लागि पक्षधर शक्तिहरूबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा उनले जोड दिएका छन् ।

प्रचण्डले विगतका संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै गरिब, किसान र श्रमजीवी वर्गको पक्षमा आन्दोलन अघि बढाउने जिम्मेवारी अझ बढेको बताए । साथै, कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

वि.सं. २००६ वैशाख ९ (२२ अप्रिल १९४९) मा सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी सत्ता स्थापना गर्ने उद्देश्यसहित नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ७ : ५६ बजे

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय