९ बैशाख २०८३, बुधबार | April 22, 2026

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा दएका हुन् । आफुले राजीनामा दिएको जानकारी उनले सार्वजनिक गरेका छन् ।

उनले आफुसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस भनेर आजैका मितिदेखि गृहमन्त्री पदबाट राजीनामा दिएको जनाएका छन् ।

गुरुङले भनेका छन्, “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।”

गुरुङले स्रोत नखुलेको सम्पति प्रयोग गरेर सेयर खरिद गरेको एवं सम्पत्ति शुद्धिकरणको अभियोगमा हिरासमा रहेका विचौलिया भनिएका दीपक भट्टसँग कनेक्सन रहेको भन्दै उनको चौतर्फी आलोचना भैरहेको थियो । गुरुङले आफुमाथि आरोप लागेपछि र कतिपय प्रमाण सार्वजनिक भएपछि दुई दिनको बीचमा रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग पटकपटक भेट गरेका थिए ।

विपक्षी दलहरुले गुरुङलाई पदबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  २ : ३७ बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको