२९ भदौ २०८३, सोमबार | September 14, 2026

उद्योगी शेखर गोल्छा पक्राउ



काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार विभिन्न कसूरमा संलग्न रहेको प्रारम्भिक तथ्य फेला परेपछि गोल्छालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। सीआईबीले उनलाई पक्राउ गर्न नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनलाई समेत आधार बनाएको छ।

अनुसन्धानका क्रममा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका गोल्छाको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत दफा ९४, ९५, ९६ को उपदफा ९१०० तथा दफा ९८ अनुसार कसूर भएको आशंकामा थप अनुसन्धान अघि बढाइएको सीआईबीले स्पष्ट पारेको छ। उक्त कसूरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको सीआईबीले जनाएको छ।

 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ८ : ०३ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा