२० भदौ २०८३, शनिबार | September 5, 2026

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

‘पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको छ,’ उनले भने, ‘हामी पुरातात्विक सम्पदामा धनी पनि छौं । यी सम्पदाहरुलाई जोगाएर भावी पुस्तासम्म हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।’ मुख्यमन्त्री आचार्यले प्रदेश सरकार पुरातात्विक सम्पदाको संरक्षणसँगै त्यसको प्रवद्र्धन र पर्यटनसँग जोड्ने योजनामा अघि बढेको उल्लेख गरे । उनले आवश्यक पूर्वाधार विकास, संरक्षणका वैज्ञानिक उपाय तथा प्रचारप्रसारमार्फत दंगीशरण दरबार क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा विकास गरिने विश्वास व्यक्त गरे ।

अनुगमनमा मुख्यमन्त्री आचार्यसहित पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लगायतको सहभागिता रहेको थियो ।

टोलीले दरबार क्षेत्रको वर्तमान अवस्था, उत्खननको प्रगति तथा संरक्षणका आवश्यक पक्षबारे स्थलगत जानकारी लिएको थियो । केही समयअघि पुरातत्व विभागले यस क्षेत्रमा गरेको उत्खननका क्रममा महत्वपूर्ण पुरातात्विक सामग्रीहरु फेला परेका थिए । थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननका क्रममा भेटिएका सामग्री सार्वजनिक गरिएका थिए ।

उत्खननबाट लिच्छवीकालीन ईंटादेखि थारू समुदायले पूजाआजा गर्दै आएको माटोको घोडाको आकृति, महिलाले लगाउने चुरा, धनुषका तीर, फलाम तथा तामाका औंठी, माटोका दियो, घैटौं, गोल्द्रा, भोक्टी लगायतका सामग्री फेला परेका छन् । लिच्छवीकाल अर्थात करिब छैटौं शताब्दीका मानिने ईंटा भेटिनुले यस क्षेत्रको ऐतिहासिक महत्व अझ पुष्टि भएको छ । दरबार क्षेत्रमा यसअघि २०६३ र २०७१ सालमा उत्खनन गरिसकिएको थियो भने हाल तेस्रो चरणको उत्खनन सम्पन्न गरिएको हो । स्थानीय सरोकारवालाहरुले यस क्षेत्रलाई ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ५ : ३१ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार