१४ असार २०८३, आइतबार | June 28, 2026

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा टीयू परिसरमा मार्चपास 



काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनले मंगलबार त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ।

विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयको घण्टाघरबाट कीर्तिपुरस्थित टीयू गेटसम्म मार्चपास गर्दै सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएका हुन्। मार्चपासपछि प्रदर्शनकारी विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयको घडी भवनमा पुगेर विरोध सभामा परिणत भएका थिए।

विरोध कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरूले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारविपरीत भएको बताएका छन्। उनीहरूले यस्तो कदमले विद्यार्थीहरूको स्वतन्त्र संगठनको अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गर्ने दाबी गरेका छन्।

आन्दोलनरत विद्यार्थीहरूले सरकारसमक्ष विभिन्न माग पनि अघि सारेका छन्। उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूलाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्न तथा शैक्षिक क्षेत्रमा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न माग गरेका छन्।

त्यस्तै, विद्यार्थीलाई सार्वजनिक यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुट यथावत् कायम राख्न, विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्ध फिर्ता लिन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्।

विद्यार्थीहरूले आफ्ना मागहरू बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  २ : ४३ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा