२० भदौ २०८३, शनिबार | September 5, 2026

विश्वकप लिग-२ : नेपाल र ओमान आज भिड्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच महत्वपूर्ण एकदिवसीय खेल हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले पहिलो खेलमा यूएईलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा यूएईसँग हार बेहोरेको थियो । यस खेल दुवै टोलीका लागि अंकतालिकामा सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

लिग–२ को हालसम्मको अवस्थाअनुसार नेपालले २१ खेलमा १४ अंक जोड्दै सातौं स्थानमा रहेको छ । ओमान भने २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा छ । दुवै टोलीबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ८ पटक प्रतिस्पर्धा हुँदा ओमानले ५ र नेपालले ३ खेल जितेको छ ।

नेपाली टोलीको कप्तानी रोहित पौडेल ले सम्हाल्नेछन् भने उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् । टोलीमा कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी समावेश छन् ।

मे ५ सम्म सञ्चालन हुने यस त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र यूएईले एक-अर्काविरुद्ध दुई-दुई खेल खेल्ने तालिका रहेको छ । तालिकाअनुसार मे १ मा नेपाल-यूएई, मे ३ मा ओमान-यूएई र मे ५ मा पुनः नेपाल-ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ७ : ५१ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार