२३ बैशाख २०८३, बुधबार | May 6, 2026

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ



बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् ।

सिद्धार्थनगर नगरपालिका-१० मा रहेको होटेल गौतम बुद्ध इन्टरनेशनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोबाट मंगलबार राति करिब ८ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा क्यासिनो म्यानेजरसहित जुवा खेलाउने ४ जना र जुवा खेल्ने १५ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीका २२ वर्षीय अभय कुमार गुप्ता, वडा नं. २ का २६ वर्षीय सुशान्त अधिकारी, वडा नं. १३ का २८ वर्षीय सन्जय शाक्य र ओमसतिया गाउँपालिका-२ का २९ वर्षीय निक्षेन्द नेपाल रहेका छन् ।

यसैगरी काठमाडौंका ५० वर्षीय जीवन थापा, रुपन्देहीका ३२ वर्षीय आकाश गुप्ता, ३३ वर्षीय सुनारी मगर, २९ वर्षीय अब्दुल कलाम जोलहा, ५८ वर्षीय अभिषेक शर्मा, ४४ वर्षीय शिव पाण्डे, ३४ वर्षीय रोहन वि.क. (तिल बहादुर वि.क.), २१ वर्षीय सुरज जयसवाल, १८ वर्षीय रमेश यादव, ३८ वर्षीय निर्मल बस्याल र ३० वर्षीय भरत थापा पनि पक्राउ परेका छन् ।

त्यसैगरी गुल्मीका नेत्र पोख्रेल, ललितपुरका ५० वर्षीय बाबुराजा महर्जन र पर्साको वीरगञ्ज महानगरपालिका-७ का ४४ वर्षीय जंगकुमार अग्रवाल पनि पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, विभिन्न कम्पनीका १७ थान मोबाइल सेट र ५० थान क्यासिनो क्वाइन बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ८ : ३६ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण