२२ असार २०८३, सोमबार | July 6, 2026

काठमाडौंमा भूमिहीन भूकम्पपीडित एक जना



काठमाडौं । गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ ।

सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूमिहीन लाभग्राहीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश छ । कार्यकारी समितिको विभिन्न बैठकबाट कायम भएका भूमिहीन लाभग्राहीमा उपत्यकाअन्तर्गत ललितपुरबाट भने घडेरी खरिदका लागि २ लाख पाउने लाभग्राही ३४ र जिल्ला समन्वय समितिबाट निर्णय भएका आफू बसोबास नै गरेको स्थानमा बसोबास गर्न पाउने भूमिहीन लाभग्राहीको संख्या १ सय ९६ गरेर २ सय ३० रहेको छ ।

बाग्लुङ र पर्वत जिल्लाको लाभग्राही संख्या शून्य रहेको छ । म्याग्दीको १, पाल्पाको २, खोटाङ ३, भोजपुर ५, गुल्मी ७, स्यांग्जा ७ दोलखा जिल्लाको लाभग्राही संख्या १२ रहेको छ ।

भूमिहीनले घडेरी किन्न २ लाख रुपैयाँ पाउने सबैभन्दा धेरै लाभग्राही संख्या भने नुवाकोटमा २ सय ६६, गोरखामा २ सय ३५, मकवानपुरमा १ सय ७८, सिन्धुपाल्चोकमा १ सय ७७, काभ्रेपलान्चोकमा १ सय ३९ लाभग्राही रहेका छन् । नुवाकोटमा आफू बसोबास गरेको स्थानमा नै बसोबास गर्न पाउने लाभग्राही शून्य रहेका छन् । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ४५ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ