१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

डिजिटल अर्थतन्त्र विस्तारमा सरकारको जोड, अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा डिजिटल अर्थतन्त्रको विस्तार, राजस्व चुहावट नियन्त्रण र वित्तीय सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै आर्थिक कारोबारलाई डिजिटल प्लाटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र औपचारिक अर्थतन्त्र निर्माण गरिने बताएका छन् ।

राष्ट्रपतिले वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकामा हुने न्यून बिजकीकरणलाई कडाइका साथ नियन्त्रण गरिने उल्लेख गरे । साथै करदातालाई सहजता प्रदान गर्न मूल्य अभिवृद्धि कर (भ्याट) लगायत सबै प्रकारका कर फिर्ता प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीति सरकारले अघि सारेको छ ।

नीति तथा कार्यक्रममा आधुनिक डिजिटल अर्थव्यवस्थालाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिने घोषणा पनि गरिएको छ । यसबाट विदेशी मुद्रा आर्जन, अन्तर्राष्ट्रिय कारोबार र कर व्यवस्थापनलाई थप सहज बनाउने सरकारको अपेक्षा छ ।

सरकारले डिजिटल प्रविधिमार्फत आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै राजस्व चुहावट नियन्त्रण, वित्तीय अनुशासन कायम र औपचारिक अर्थतन्त्र विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ४७ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको