१६ भदौ २०८३, मंगलबार | September 2, 2026

खजुरा पालिका गान विवाद : २ जना प्रतिष्ठान सदस्यबाट राजीनामा



खजुरा । बाँकेको खजुरा गाँउपालिकाले सार्वजनिक गरेको पालिका गानको विवाद प्रज्ञा प्रतिष्ठानको सदस्यहरुबो राजीनामाको चरणमा प्रवेश गरेको छ । पालिका स्तरिय प्रज्ञा प्रतिष्ठानमा सामूहिकताको अन्त्य गरि मनोमानी सञ्चालन गरिएको भन्दै दुई जना प्रतिष्ठानका सदस्यहरुले राजीनामा दिएका छन् ।

पालिका गान छनौट र सार्वजनिकमा सदस्यहरुलाई जानकारी नै नदिई एकल निर्णयबाट मनोमानी गरिएको भन्दै प्रतिष्ठानका सदस्य कल्पना पौडेल जिज्ञासु र माधव शर्माले राजीनामा दिएको जनाएका छन् । प्रतिष्ठान सञ्चालनमा उपकुलपतिमा आर्थिक पारदर्शिता नभएको, सामूहिक निर्णय नगरि एकल मनोमानी संचालन गरिएको तथा पालिका गानको छनौट र सार्वजनिकलाई निर्णय प्रक्रियामा नै नलगि विवादीत बनाईएको भन्दै आफु सहित २ जनाले राजीनामा दिएको प्रतिष्ठानका सदस्य माधव शर्माले बताए । प्रतिष्ठानकी सदस्य पौडेलले पनि पालिका गान सार्वजनिक विवादमा परेपछि आफुहरु सहभागी नै नरहेको विषयमा प्रतिष्ठानको नाम आएपछि राजीनामा दिएको बताइन् ।

जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिन १ वर्ष बाँकी रहँदा सार्वजनिक भएको बाँके खजुरा गाँउपालिकाको पालिका गान विवादमा परेको छ । मुल रचनाकारको नाममा थप ३ जना रचनाकारको नाम थप भएर पालिका गान सार्वजनिक भएपछि सो पालिका गान विवादमा परेको हो ।

आफ्नो रचनामा संगीत भरेर सार्वजनिक गर्नेक्रममा थप ३ जना रचनाकारहरुको नाम थपेर आफ्नौ बौद्धिक सम्पत्तिमा अन्याय भएको भन्दै साहित्यकार बोधराज प्याकुरेलले खजुरा गाँउपालिकामा निवेदन दिएका थिए । प्रतिष्ठानका कुलपति एवं पालिका अध्यक्षलाई संबोधन गरेर बुझाईएको निवेदन उपर २ हप्ता बढी हुँदा पनि कुनै निर्णय नगरिएको साहित्यकार प्याकुरेलले बताए ।

उनले खजुरा गाँउपालिकाले गठन गरेको खजुरा प्रज्ञा प्रतिष्ठानले पालिका गानका लागि रचना आह्वान गरेकोमा आफ्नो रचना छनौटमा परेको र त्यसलाई संगीत सृजना गर्ने क्रममा गरिएको सम्पादनलाई प्रज्ञा प्रतिस्ठानका पदाधिकारीले आफुहरु समेत रचनाकार उल्लेख गरेर गान सार्वजनिक गरेको आरोप लगाए ।

कुलपति समेत रहेका पालिका अध्यक्ष डम्बर विक तुफानले पालिका गानको सम्बन्धमा विज्ञहरु राखेर निर्णय गर्नुपर्ने बताए । उनले संगीत र कला क्षेत्रका विज्ञहरुसँग राय लिएर विवाद समाधान गर्न आफुले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।

उनले आफु समेत संलग्न रहेर मुल रचनालाई सम्पादन गरिएको तर सार्वजनिक गर्ने बेला ४ जना रचनाकारको नाम राखेर सार्वजनिक गरिएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ५८ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि