१३ असार २०८३, शनिबार | June 27, 2026

प्रधामन्त्रीको स्वास्थ्य परीक्षण गरेर संसदलाई यथाशीघ्र जानकारी गराउन कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले संसदको मर्यादा कायम नराखेकोमा गम्भीर आपत्ति प्रकट गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले सरकारको पछिल्लो कार्यशैलीले संसद्को गरिमा र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चोट पुगेको बताएका ।

राष्ट्रप्रमुखले सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री बाहिरिनु आपत्तिजनक र खेदजनक भएको बताएका हुन् । उनले प्रधानमन्त्री बीचैमा उठेर हिँड्नुको कारण स्वास्थ्य हो भने प्रधानमन्त्रीको स्वास्थ्यपरीक्षण गरेर यथाशिघ्र संसदलाई जानकारी गराउन उनले माग गरे । उनले प्रधानमन्त्रीले संसद र संसदका समितिलाई समेत वेवास्ता गरेको भन्दै रोष प्रकट गरे ।

उनले सरकारले संसद् बोलाइसकेपछि अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै त्यसले संसद्प्रतिको सरकारी निष्ठामाथि नै प्रश्न उठाएको बताए । “हामी अध्यादेशको पहिरो लागेको भीरको डिलमा उभिएका छौं । यस्तो अस्वाभाविक शासन शैलीलाई कांग्रेसले समर्थन गर्न सक्दैन,” उनले भने ।

आङ्देम्बेले सरकारले जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्नेमा सामाजिक सञ्जालमार्फत मात्रै उपस्थित देखिएको टिप्पणी गरे । सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक अभ्यासका लागि सुखद नभएको उनको भनाइ थियो ।

उनले सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको दोहोर्‍याउँदै परिणाममुखी कामको अपेक्षा गरिएको बताए । “कांग्रेस ठूलो कुरा गर्ने तर परिणाम नदिने शैलीको पक्षमा छैन, हामी काम र नतिजा खोजिरहेका छौं,” उनले भने ।

पूर्वगृहमन्त्री सुधन गुरुङ माथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपमा छानबिन नभएको विषय उठाउँदै आङ्देम्बेले सरकारको सुशासनमाथि प्रश्न गरे । अरूमाथि भ्रष्टाचारको आरोप लगाएर राजनीतिक रूपमा खेद्ने तर आफ्नै पूर्वगृहमन्त्रीमाथि लागेको गम्भीर आरोपमा अनुसन्धान नगर्नु दोहोरो मापदण्ड भएको उनले बताए ।

त्यसैगरी उनले सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई आतंकित बनाइएको आरोप लगाए । जनताको अभिभावक बन्नुपर्ने सरकार दमनकारी शैलीमा प्रस्तुत भएको भन्दै उनले संगठित बस्तीमाथि हठात् डोजर चलाउनु उचित नभएको धारणा राखे ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : ३१ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट