१० भदौ २०८३, बुधबार | August 26, 2026

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारलाई सर्‍यो



काठमाडौं । नेकपा एमालेको आज (शनिबार) बस्ने तय गरिएको सचिवालय बैठक सोमबारका लागि सारिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो १ बजे आफ्नै निवास भक्तपुरको गुन्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान गरेका थिए। तर भोलि जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसका कार्यक्रमको तयारीमा नेताहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको एमालेले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार स्मृति दिवसका कार्यक्रमका लागि केही नेताहरू उपत्यकाबाहिर समेत जानुपर्ने भएकाले आजका लागि तय गरिएको बैठक सोमबारका लागि सारिएको हो।

यसअघि आज बस्ने बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन, पार्टीको आगामी कार्यदिशा तथा बालेन्द्र सरकारका कामकारबाही, राष्ट्रिय हितका विषयमा समीक्षा गर्दै आवश्यक निर्णय गरिने सचिव महेश बस्नेतले जनाएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ८ : ४४ बजे

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको