२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

एमालेको सचिवालय बैठक आज बस्दै, कार्यविभाजन र स्थानीय तह केन्द्रित रणनीतिमा छलफल हुने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

यसअघि गत शनिबार बस्ने तय भएको बैठक तयारी अपुग भएको भन्दै आजका लागि सारिएको थियो । एमालेको ११ औँ महाधिवेशन सम्पन्न भएयता नेताहरूको कार्यविभाजन टुंगो नलागेकाले आजको बैठक मुख्यतः सोही विषयमा केन्द्रित हुने बताइएको छ ।

पार्टीका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिका तहको जिम्मेवारी दिएर स्थानीय स्तरमा परिचालन गर्ने तयारी गरिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रत्येक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाइ पार्टी संगठन सुदृढ गर्न निर्देशन दिने तयारी रहेको जनाइएको छ ।

यसैगरी, केन्द्रीय विभाग तथा विभिन्न निकायमा जिम्मेवारी बाँडफाँटबारे पनि बैठकमा निर्णय हुने सम्भावना रहेको छ । बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने एजेन्डा पनि समेटेको छ ।

त्यस्तै, सरकारले विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने क्रममा उत्पन्न भएको विवाद, प्रभावितहरूको व्यवस्थापन, तथा सरकारका पछिल्ला गतिविधिबाट जनतामा परेको प्रभावबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ७ : २७ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै