४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही



नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको मालपोत कार्यालय बाँकेमा जलेर नष्ट भएका जग्गाधनी पुर्जाको श्रेष्ता कायम गर्ने कार्य धमाधम चलिरहेको छ । आगजनीबाट नष्ट भएका पुर्जाको श्रेष्ता कायम गर्ने कार्यलाई तिब्र पारिएको साबिक मालपोत कार्यालय, हाल भूमि प्रशासन कार्यालय, नेपालगन्जले जनाएको छ ।

बैशाख मसान्तसम्म कार्यालयबाट १८ हजार ७१५ श्रेष्ता कायम गरिएको साबिक मालपोत कार्यालय हाल भूमि प्रशासन कार्यालय बाँकेका प्रमुख सबिनसिंह चौधरीले बताए । उनका अनुसार कार्यालयको क फाँटबाट ९ हजार ५८० जनाले श्रेष्ता कायम गराएका छन् भने फाँट ख बाट ७ हजार ४३५ जनाको श्रेष्ता कायम भएको छ । विवरण नभेटिएका, शंकास्पद र प्रमाण नपुगेका जग्गा धनीको मुद्दा फाँटबाट निरुपण गरि श्रेष्ता कायम गरिएको कार्यालय प्रमुख चौधरीले बताए । यसी श्रेष्ता कायम भएकाहरुको संख्या १ हजार ७०० थान रहेको उनले बताए ।

वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपी र सक्कल लालपुर्जा लिएर कार्यालय पुग्ने जग्गाधनीलाई कार्यालयबाट श्रेष्ता कायम गरिदिने गरिएको उनले बताए । श्रेष्ता कायम गर्न कुनै राजश्व नलाग्ने पनि उनले जानकारी दिए । सेवाग्राही मैत्री भवन नभएकाले सेवाग्राहीले केही असहज महशुस गरेको भने मालपोत अधिकृत चौधरीले स्वीकार गरे ।

तीनतलाको भवनमा पटक पटक फाँट र बिभिन्न टेबलमा पुग्नुपर्ने बाध्यताका कारण लेखापढी व्यवसायी र कानुन व्यवसुसायीको सहारा लिनुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । नरैनापुरका पतिराम भुजुवाले आफुसँग लेखापढी नभएको भन्दै ६ वटा लालपुर्जाको प्रति लालपुर्जा २ हजार ५०० तिरेर श्रेष्ता कायम गरेको बताए । कार्यालयमा निशुल्क हुने कामलाई लेखापढी व्यवसायीहरुले चर्को मूल्य तोकेर सेवाग्राहीहरुबाट रकम असुल्ने गरेका छन् ।

बाँके २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले स्थापना गरिदिएको सहायता कक्षले आवेदन लेखिदिने र भूसेवाको काम निशुल्क गरिदिएपनि फाँट फाँट दौडनुपर्ने परम्परागत परिपाटीका कारण सेवाग्राहीहरु चर्को रकम तिर्न बाध्य बन्नु परेको सेवाग्रहीको गुनासो छ ।

हिरमनियाबाट श्रेष्ता कायम गर्न आएका समरसबहादुर सिंहले एउटा फाँटमा फायल बुझाएपछि सनाखतका लागि बाहेक अन्य अवस्थामा सेवाग्राही फाँटफाँट दौडनुपर्ने परिपाटी बन्द गर्नुपर्ने बताउँछन् । फाँटहरुमा पनि टोकनको व्यवस्था हुनुपर्ने उनको माग छ । ‘फाँटको सानो झ्याल पहिल्यै लेखापढीका कर्मचारीले कब्जा गरेर बस्छन्, गाँउबाट आएका सेवाग्राहीले पालै पाउँदैनन् ।’ उनले भने । लेखापढी व्यवसायीका कर्मचारीहरुले बाटैबाट सेवाग्राहीलाई तानेर आफ्नो कक्षमा लैजाने गरेको समेत सेवाग्राहीको गुनासो छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ८ : ५१ बजे

गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

काठमाडौं । गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रिबजेट छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक