१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले सचिवालय बैठक आज बस्दै



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजेका लागि बोलाइएको छ।
यसअघि गत शनिबारका लागि तय गरिएको बैठक तयारी अपूरो रहेको भन्दै स्थगित गरिएको थियो।

पार्टीका केन्द्रीय कार्यालय सचिव भीष्मराज अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा नेताहरूको कार्यविभाजन रहेको छ।

पार्टीको ११औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नेताहरूको कार्यविभाजन हुन नसकेकाले आजको बैठक यस विषयमा केन्द्रित हुने बताइएको छ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई पालिकास्तरसम्म जिम्मेवारी दिएर खटाउने विषयमा छलफल हुनेछ । यस्तै प्रत्येक केन्द्रीय सदस्यलाई कुनै न कुनै स्थानीय तहको इञ्चार्ज तोकी आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरणमा सक्रिय बनाइने बताइएको छ। साथै, केन्द्रीय विभाग र विभिन्न निकायहरूमा समेत जिम्मेवारी बाँडफाँट गरिने तयारी छ।

बैठकले गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने जनाइएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : ०९ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’